काठमान्डौंको साँखुमा स्कुल बस दुर्घटना, छ जनाको ज्यान गयो, अन्य ४० जना घाइते

काठमान्डौं, ३० माघ । काठमान्डौंको शंखरापुर नगरपालिका ५ को साँखु–नगरकोट सडखण्डमा स्कुलको बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । अन्य ४० जना घाइते भएका छन् । साँखु आउँदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात चावहिलमा रहेको एसएस एकेडेमीको रिजर्भ आएको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि र शुसाङ्क डोटेल रहेका छन् । अन्य दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार