२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

संसद भवन छिर्न खोज्दा दलित अभियन्ता भनिने सुनार पक्राउ 

काठमान्डौं, १८ माघ ।  दोस्रो पटक संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता भनिने खगेन्द्र सुनार पक्राउ पर्नुभएको छ ।अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारको जोडीको न्याय माग्दै आज दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर प्रवेश गर्न खोज्दा पक्राउ पर्नुभएको हो ।

उहाँलाई संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमान्डौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एस.एस.पी. विश्व अधिकारीले जानकारी दिनु भयो । सुनार ६ महिनाअघि गत साउन २९ गते पनि हात खुट्टामा नेल लगाएर माइतीघरबाट प्रदर्शन गर्दै संसद भवन प्रवेश गर्न खोज्नु भएको थियो । त्यतिबेला प्रहरीले नियन्त्रणमा लिएर उहाँलाई साँझ छोडेको थियो । 

‘दलितको लागि दलित अभियान’ नेपालका संयोजकसमेत रहनु भएका सुनारले अन्तरजातीय विवाह गर्ने जोडीमाथि गृहमन्त्री रमेश लेखककै निर्देशनमा गैरकानूनीरूपमा दमन गरेको भन्दै विरोध जनाउँदै आउनु भएको छ ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस