पाथीभारा केबलकारका विरुद्धमा आन्दोलनरत पक्षसँग गृहमन्त्रीले आज वार्ता गर्दै

काठमाडौँ, २८ माघ । निर्माणाधीन पाथीभारा केबलकारका विरुद्धमा आन्दोलनरत पक्षसँग गृहमन्त्री रमेश लेखकले वार्ता गर्नेु हुने भएको छ । एमाले सचिव योगेश भट्टराईका अनुसार गृहमन्त्रीले आज साँझ ६ बजेको समय दिनुभएको छ । हिजो सरकारी टोलीसँग केवलकारविरोधी समूहको वार्ता विनानिष्कर्ष टुंगिएको थियो ।
आन्दोलनकारीले गृहमन्त्री नै वार्तामा बस्नुपर्ने अड्डी लिएका थिए । वार्तामा सहभागी एमाले सचिव भट्टराईले आन्दोलनकारीको मागबमोजिम आफूले गृहमन्त्रीसमक्ष कुरा गरेको बताउनु भयो । भट्टराईले आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फत समस्याको समाधान गर्न अनुरोध गर्नु भएको छ ।
प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार