२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

आगलागीले राेकिएकाे महाेत्सव पुनः संचालन हुने, शारदा नगरपालिकाले राहतकाे पहल गर्ने

सल्यान ।

आगलागीले क्षति भएको ठाउँलाई पुनर्निर्माण गरि सल्यान दाेस्राे बृहत महाेत्सव पुनः संचालन गरिने भएको छ ।

गएराती श्रीनगर महोत्सवमा भएको आगलागी र क्षतिको सम्बन्धमा शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले आयोजक र सल्यान प्रहरी संग छलफल गरेर साे कुराकाे निष्कर्ष निकालिएकाे हाे ।

आगलागी पीडित व्यवसायीलाई राहतको लागि शारदा नगरपालिकाले पहल गर्ने मेयर भण्डारीले बताए ।

छलफलमा आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठानका पदाधिकारी र सल्यान जिल्ला प्रहरी प्रमुखकाे उपस्तिथि रहेको थियो ।

प्रहरीले संकलन गरेकाे तथ्याङ्क अनुसार ५४ जना व्यवसायीका ७७ वटा स्टलहरु आगलागीले पुर्ण रुपमा क्षति भएका छन् । आगलागीबाट करिब ४ कराेडकाे क्षती भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

आगलागीकाे कारण भने प्रहरीले छानविन गरिरहेकाे जनाएकाे छ र अहिलेसम्म संकास्पद १६ जना जतिलाइ छाेधपुच्छ गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस