काठमान्डौंको दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटना, दुई जनाको ज्यान गयो

काठमान्डौं, २७ माघ । काठमान्डौंको दक्षिणकालीमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो।
दक्षिणकाली नगरपालिका ३ फर्पिङमा आज दिउँदो करिब ४ बजेको समयमा उक्त दुर्घटना भएको हो । उक्त बसमा ५० जना विद्यार्थी सवार रहेको बताइएको छ । यसैगरी विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार