२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

आज सुनको मुल्य सामान्य बृद्धि, कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ, २७ माघ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।  शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा  १०० वृद्धि भएको छ । 

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँ थियो । आइतबार भने तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९ सय ६० रुपैयाँ कायम भएको हो । 

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस