अर्जुन ट्रफी क्रिकेटको दोश्रो सेमिफाइनलमा आज धनगढी र अत्तरिया खेल्दै

काठमाडौँ, २७ माघ । धनगढीमा चलिरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो सेमिफाइनलमा आज डीसीए धनगढी र सीवाईसी अत्तरिया खेल्दैछन् ।
आजको विजेता टोलीले फ्रेन्डस् युथ क्लब डडेल्धुरासँग फाइनल खेल्नेछ । शनिबार भएको पहिलो सेमिफाइनलमा न्यू होराइजन बुटवललाई हराउँदै फ्रेन्डस् युथ क्लब डडेल्धुरा प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिताको फाइनल खेल भोलि सोमवार हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार