आगलागीले सल्यान महोत्सवमा कराेडाैंकाे क्षति, व्यापारीहरु ठुलाे पीडामा

सल्यान ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरमा जारी दोस्रो बृहत् सल्यान महोत्सवमा आगलागी हुँदा कराेडाैं मुल्यकाे सामान जलेर नष्ट भएकाे छ ।
महोत्सवको आठौं दिन गएराति ११ बजेतिर आगलागी भएको र ७० देखि ८० प्रतिशत सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डिएसपी केशव न्यौपानेले बताएका छन् । अहिले प्रहरीले आगलागीबाट क्षती भएकाे सामानकाे लगत संकलन गर्दै छ ।
‘आधिकारीक रुपमा कतिवटा स्टल र कति मुल्यकाे सामान नष्ट भयाे भन्नेबारे अहिले तथ्याङ्क संकलन हुँदै छ’, डिएसपी न्यौपानले भने । आयाेजकका अनुसार करिब ८० जति स्टलहरु पुर्ण रुपमा क्षती भएका छन् ।
स्टलमा धेरैजसाे कपडा, भाँडाकुडाँ, अन्य व्यापारिक सामानहरु रहेका थिए । स्टलमा सामान राख्ने व्यापारीहरु अधिकांश मधेश तिरका र काठमाडाैं तथा अन्य बाहिरी सहरका रहेकाे पीडित व्यापारिहरु बताउछन् । महाेत्सवमा राखेकाे लाखाैंकाे सामान जलेर खरानी भएपछि अहिले उनिहरु ठुलाे पीडामा रहेका छन् ।
११ बजेदेखि लागेको आगो नियन्त्रणमा लिन झन्डै साढे तीन घन्टा लागेको डिएसपी न्यौपानेले बताए । डिएसपी न्याैपानेले भने, ‘हाम्रो अनुमान एकातिर विद्युत् सर्ट भई आगलागी भयो भन्ने छ भने अर्काेतिर मानवीय कमजोरीका कारण पनि आगलागी भएको हुनसक्छ ।’
स्टल राखेका व्यापारीहरू राति सुत्न बाहिर जाने गरेका थिए। रात्रिको समयमा रेखदेखको लागि मेलाका ठेकेदारका मानिसहरूका साथै प्रहरी पनि खटिँदै आएका थिए ।
५ जनाको समुहले महोत्सवको घेरबार देखि बाहिरबाट आगो फालेर भित्र सल्किएको एकजना महिलाले बताएकी छन् । आफू महोत्सव नजिकैको घरको छतमा बसेकोबेला बाहिरबाट ५ जना जति मान्छेले आगो सल्काएर भित्र फालेको उनले भनेकी छन् ।
सुन्नुहोस् उनले भनेको भिडियो