२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

सल्यान कालिमाटीमा आईएमई लाइफ इन्स्योरेन्सले दियो साढे ५ लाख ‘मृत्यु दावी’

सल्यान ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सल्यान उप-शाखा कार्यालयले ५ लाख ५३ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ।

केही समय अगाडि मृत्यु भएका कालिमाटी गाउँपालिका वडा नम्बर ३ अरकलेका बुद्दिमान के.सीको परिवारलाई उक्त रकम प्रदान गरेको हो । कम्पनीले उक्त रकम मृतक बीमितका छोरा सर्घर्ष डेनी के सीलाई प्रदान गरेको हो ।

शनिबार कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर के .सी र कम्पनीका सल्यान उपशाखा प्रमुख भरत रोकाय, एजेन्सी मेनेजर धर्मराज योगी, लाल बहादुर बि.क, जित बहादुर पुन, देवराज कवर, हिमाल केसी लगायतको सहभागितामा बीमितको घरमै पुगेर चेक हस्तान्तरण गरिएको हो ।

के.सीले करिब ३ वर्ष अगाडी मात्र आई.एम.ई लाइफ इन्स्योरेन्समा बीमामा गरेका थिए । दावी भुक्तानी रकम हस्तान्तरण गर्दे पालिका अध्यक्ष दान बहादुर के.सीले बिमाको महत्व बढ्दै गएको र पालिकाले यो वर्ष पालिका भित्रका सबै नागरिकको बीमा गर्ने तयारी गरेको समेत बताए ।

आइएमई लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख रोकायले बिमाको महत्वबारे प्रकाश पार्दै बिमा अपरिहार्य रहेको बताएका थिए । सो अवसरमा इन्स्योरेन्सका एजेन्सी म्यानेजरहरुले आ-आफ्नो मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस