सल्यान महोत्सवमा आयोजकले गरेका ७ कमजोरी !

सल्यान ।
यतिबेला शारदा नगरपालिका १ श्रीनगरमा दाेस्राे बृहत सल्यान महाेत्सव जारी छ । मेलाकाे आयाेजना राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले गरेकाे छ ।
अघिल्लाे वर्ष (२०८०) मा पनि यहि ठाउँमा यहि आयाेजकले नै ‘प्रथम सल्यान महाेत्सव’ लगाएकाेले याे वर्ष ‘दाेस्राे बृहत सल्यान महाेत्सव’ भनिएकाे हाे । त्याे भन्दा अघिल्लाे वर्ष (२०७९) मा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा ‘बृहत सल्यान लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन तथा साँस्कृतिक महोत्सव’ सञ्चालन गरिएकाे थियाे ।
त्यसभन्दा अगाडी भने सल्यान उद्याेग वाणिज्य संघले प्रादेशिक तथा जिल्ला स्तरका महाेत्सव संचालन गर्दै आएकाे थियाे । सल्यानकाे प्रमुख व्यापारीक केन्द्र रहेकाे श्रीनगरमा वर्षमा एकपटक महाेत्सव लाग्ने गर्दछ । तर वर्षमा एउटा महाेत्सव चलिसकेपछि अर्काे महाेत्सव लगाउने प्रायले आँट गर्दैनन् ।
याे पटककाे महाेत्सवकाे लागि स्थानीय सरकार रहेकाे शारदा नगरपालिकामा अनुमतिपत्रकाे लागि सल्यान उद्याेग वाणिज्य संघ सहित ५ भन्दा बढी संस्थाहरुले निवेदन दिएका थिए । अन्तिममा शारदा नगरपालिकाले राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानलाइ अनुमतिपत्र दियाे ।
माघ १३ गतेसम्म कसले अनुमतिपत्र पाउने भन्नेमा निश्चित थिएन् । माघ १४ गते प्रतिष्ठानले अनुमतिपत्र पाएपछि ४ दिनकाे तयारीमा माघ १८ गते महाेत्सवकाे उद्घाटन गरियाे ।
महाेत्सव सुरु भएकाे ८ दिनसम्म पनि दर्शकहरुकाे भने उल्लेखनीय उपस्थिति रहेकाे छैन् । दिनमा दुईचार सयसम्म टिकट बिक्री हुने गरेकाे टिकट बिक्रेताहरु बताउछन् ।
किन महाेत्सवमा उल्लेखनीय दर्शक आउन सकेनन् ? आयाेजकका यी हुन सक्छन् कमजाेरी …
१. हतारहतारमा मेला
माघ १३ गतेसम्म पनि महाेत्सव कसले लगाउने भन्नेमा अन्याैल शिर्जना भएकाे अवस्थामा माघ १४ गते अनुमतिपत्र पाएर चार दिनकाे तयारीमा मेला लगाउनुले खास तयारी नपुगेकाे देखिन्छ । मेला उद्घाटनकाे दिन अप्राहन्नकाे समयसम्म पनि स्टेजमा कुनै सेट गर्नुपर्ने सामाग्रीहरु सेट गरिएकाे थिएन् ।
हतारहतारमा शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीकाे प्रमुख आतिथ्यतामा मेला उद्घाटन गरियाे । सल्यान उद्याेग वाणिज्य संघका वाणिज्य उपाध्य भन्छन्, ‘हामीले छलफलका क्रममा प्रादेशिक स्तरकाे मेला लगाम भनेका हाैं, त्यहि अनुसार केन्द्रीय स्तरकाे मन्त्री ल्याएर उद्घाटन गरेकाे भए बढी चर्चा हुन्थ्याे र सल्यानकाे सान पनि उच्चाे हुनेथियाे । तर त्याे हुन सकेन् ।’
२. समन्वयको अभाव
महाेत्सव लगाउदा सबै पक्षलाइ समेटिने खालकाे हुनुपर्छ । तर याे महाेत्सवले समेट्न सकिने धेरै क्षेत्रलाइ छाेडेर एकलाैटी ढंगले मेला संचालन गर्न पुग्याे ।
श्रीनगरमा थुप्रै व्यापार व्यवसायीहरु छन् । उनिहरुलाइ थुप्रै भिआइपछि कार्ड विचरण गरेकाे भए ठुलाे आम्दानी हुने थियाे र उनिहरु जतिखेर पनि सहजै मेला जानआउन गर्न सक्थे ।
दिनमा १२ बजेदेखि सुरु गरेर ४ बजे सकिनेगरी मुख्य कलाकारहरुकाे प्रस्तुति दिन लगाउन सकिन्थ्याे, जसका लागि यातायात व्यवसायीसँग समन्वय गरेर श्रीनगरबाट गाउँतिर छुट्ने गाडीहरुकाे रुट समय तालिका लम्ब्याउन सकिन्थ्याे ।
त्यस्तै जिल्लाका सबै पालिका तथा प्रादेशिक कार्यालयहरुसँग कृषि, पर्यटनकाे प्रवर्द्धनकाे लागि आफ्नाे अपनत्व हुने गरी लगानी गराउन सकिन्थ्याे ।
३. नारा एउटा, काम अर्काे
महाेत्सवकाे मुख्य नारा ‘उद्याेग, कृषि, पर्यटन, वन सल्यानकाे सान, माैलिक लाेक कला संस्कृतिक संरक्षण हाम्राे अभियान’ भन्ने छ । तर यहाँ कृषि पर्यटन र वनकाे कुनै अस्तित्व भेटिदैन् ।
यहाँ स्थानीय स्तरमा उत्पादिन कृषि वस्तुहरुकाे बजारीकरणकाे लागि राम्राे स्टलहरुकाे व्यवस्था गरी बिक्री वितरणकाे वातावरण बनाउन सकिन्थ्याे । जिल्लाका थुप्रै ठाउँकाे पर्यटकीय क्षत्रकाे फाेटाे प्रदर्शनी गर्न सकिन्थ्याे । सांस्कृतिक संरक्षणका लागि हुन लागेका जिल्ला भित्रकाे माैलिक नाचगान कम्तिमा एक दिनमा एउटा भित्र्याउन सकिन्थ्याे ।
४. प्रचारप्रसारको कमी
सामान्य तय आयाेजकले मेलाकाे प्रचारप्रसार आफ्ना फेसबुकबाट बाहेक अनेन्त्रबाट गरेकाे खासै देखिन्न । जिल्लामा ६ वटा स्थानीय रेडियाे छन् । उनिहरुबाट प्रचारप्रसार गरे दुरदराजका सामाजिक संजाल पहुँच बाहिरका मान्छेहरुकाे उपस्थिति रहन सक्थ्याे । जिल्लाका अन्य मिडिया क्षत्रे (अनलाइन, पत्रिका)हरुबाट पनि सुचना प्रवाह गरेर प्रचारप्रसार व्यापक बन्न सक्थ्याे ।
महाेत्सव स्थल शारदा नदिकाे किनारमा रहेकाे टाउनप्लानिङमा छ । श्रीनगरकाे मुख्य चाेकमा तथा अन्य मानिसकाे चहलपहल हुने सडक क्षेत्रमा प्रचारप्रसारकाे लागि गेटहरु बनाउने, पाेस्ट, व्यानरहरु टाँस्न सकेकाे भए प्रचारप्रसार बढी हुन सक्थ्याे र बजार क्षेत्रमा पन माेहत्सवकाे राैनक बढ्थ्याे ।
५. उपयुक्त समय छनोट नभएकाे
सल्यानकाे लागि यतिबेलाकाे समय महाेत्सवकाे लागि उपयुक्त नहुन सक्छन् । ८३ वटा वडा रहेकाे सल्यानमा प्रायजसाे ठाउँमा वडाकप तथा पालिकामा राष्टपति रनिङ शिल्ड र अध्यक्षकपहरु छन् । जेरैजसाे स्थानीय स्तरकाे जनसंख्या त्यतातिर व्यतित छन् । जसले गर्दा महाेत्सवमा आउने संख्या कम हुन सक्छन् ।
सल्यानमा महाेत्सव भित्र सबैभन्दा बढी व्यापार कपडाकाे हुन्छ । त्याे पनि जाडाे समयकाे कपडाकाे । अहिले जाडाे समय सकिने बेला ति सामान किन्नकाे लागि पनि मानिसहरु महाेत्सव भित्र जाने सम्भावना कम हुन्छ ।
६. महाेत्सव अवधि लामाे र कलाकार दाेहाेर्याउने
माघ १८ गतेदेखि फागुन ४ गतेसम्म १७ दिनकाे समय सल्यान जस्ताे ठाउँका लागि अत्याधिक बढी हाे । एक हप्ता वा बढीमा १०/१२ दिनसम्म भएकाे भए दर्शकहरु छिटाेछिटाे महाेत्सवमा आउन सक्थे । सयम धेरै भएकाेले ‘विस्तारै जाउँला’ भन्ने दर्शकहरु पनि हुनसक्छन् ।
धेरैजसाे कलाकारहरु गतवर्ष यहि महाेत्सवमा आएका कलाकारहरु छन् । जसका कारण दर्शकहरुकाे पटकपटक उहि कलाकारलाइ हेर्ने रुची नहुन सक्छन् । स्थानीय कलाकारलाइ अवसर दिनु राम्राे हाे तर प्रत्येक दिन उहि कलाकार दाेहाेर्याइरहनु भने राम्राे हाेइन् ।
७. मेला पुर्ण रुपमा ठेक्कामा
आयाेजकले आफुलाइ केहि पैसा ल्याएर मेला पुर्ण रुपमा ठेक्कामा दिदा पनि यसकाे धेरै साइट इफेक्ट पर्न जान्छ । ठेकदार स्थानीय परिवेश नबुझेकाे हुँदा महाेत्सवका लागि क्षेती पुग्न जान्छ ।
याे महाेत्सव पनि त्यहि हुन पुगेकाे छ । आयाेजकले आफुले केहि पैसा लिएर पुर्ण अधिकार ठेकदारलाइ दिइ आफु पन्छिदा महाेत्सवकाे राैनकता हराएकाे छ । ठेकदारले आफु फाइदा हुने बाटाे मात्रै अंगाल्दा यहाँकाे स्थानीय स्थरकाे राैनकता मासिएकाे देखिन्छ ।
अघिल्लाे वर्ष महाेत्सव लगाउदा पनि यहि आयाेजक संस्थाले ३ महिना भित्र आयव्य सार्वजनिक गर्ने बताएपनि अहिलेसम्म सार्वजनिक गर्न सकेन् । त्यस्तै अघिल्लाे वर्षकाे महाेत्सवकाे उदेश्य भनेकाे राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानकाे भवन बनाउने भनिएकाे थियाे तर त्याे पनि हुन सकेन् ।