२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि थाइल्यान्डलाई, नेपाल ६ वटै खेलमा पराजित

काठमान्डौं, २५ माघ ।  त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि थाइल्यान्डले जितेको छ । आज भएको शृङ्खलाको अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर थाइल्यान्डले उपाधि जितेको हो । नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर भेटाएको थियो । थाइल्यान्डका कप्तान नरुमोल चाइ वाईले सबै भन्दा धेरै २७ रन बनाएकी थिइन् ।

नेपालकी कप्तान इन्दु बर्माले २, पूजा महतोले १ विकेट लिएका थिए । त्यसअघि कीर्तिपुरको त्रि.वि. क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनाएको थियो । नेपालकी सम्झना खड्काले सबैभन्दा धेरै १७ रन बनाएकी थिइन् । 

यसैबिच, थाइल्यान्ड ६ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहन सफल भयोे । त्यस्तै नेदरल्यान्ड्स ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा र नेपाल ६ वटै खेल हारेर अङ्कविहीन हुँदै पुछारमा रहेको छ । नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग ३÷३ पटक हारेको हो ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस