२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

स्वस्थ खानपानको अभाव र प्रदूषणले मिर्गौलाका बिरामी बढेको मन्त्री पौडेलको भनाई 

काठमाडौँ, २५ माघ । नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको छ । शुक्रबार एक कार्यक्रमबीच अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक कार्यक्रमबीच डायलासिस सेवाको शुभारम्भ गर्नु भएको छ । डायलासिस सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदूषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या बढिरहेको बताउनु भएको छ ।

उहाँले मिर्गौला रोगीहरुको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको बताउनु भएको छ । उहाँले मिर्गौला रोगीहरु बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद् रहेको बताउनु भएको छ । उहाँले सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको बताउनु भएको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस