२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

आज सुनको कारोबार कतिमा हुँदैछ ?

काठमाडौँ, २५ माघ  । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो । यस्तै चाँदीको भने ५ रुपैयाँ बढेको छ । 

यससँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य तोलामा १ हजार ९ सय ८० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस