देशमा पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौँ, २५ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ । आज दिउसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्यत्रको मौसम सामान्यतया सफा रहनेछ । राति पनि यही सिलसिलाले निरन्तरता पाउने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार