ओशो धाराको विकसित रुप समर्थगुरु धाराले ख्याती प्राप्त आचार्यहरुले ध्यान शिविर संचालन गर्दै

काठमान्डौं, २४ माघ । ओशो धाराको विकसित रुप समर्थगुरु धाराले ख्याती प्राप्त आचार्यहरुले ध्यान शिविर संचालन गर्ने भएको छ । ध्यान शिविरमा जीवनलाई सन्तुलन राख्न र आनन्दित बनाउन सिकाइने भएको हो । शिविर मार्फत अध्यात्म र संस्कृति, शास्त्र र कर्म, योग र विज्ञान, ध्यान र धन आर्जन, समाधि लगायत सबै प्रकारका शिक्षा प्रदान गरिने भएको हो । जसका लागि आगामी माघ २५ गते देखि २७ गते सम्म अल्फा, बेटा कम्प्लेक्स बुद्धनगरमा दर्ता गर्न आग्रह समेत गरिएको छ ।
प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार