विश्वप्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो पूण्यतिथिमा गायक रामकृष्ण ढकालले विशेष कार्यक्रमको आयोजना गर्नुहुने

काठमान्डौ, २३ माघ । सुप्रसिद्ध गायक रामकृष्ण ढकालले विश्वप्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो पूण्यतिथिमा भोलि विहान १० बजे नेपाल हाउस, हात्तीसारमा एक विशेष कार्यक्रमको आयोजना गर्नुहुने भएको छ ।
उक्त कार्यक्रममा लता मंगेशकर र रामकृष्ण ढकालद्धारा गाइएको युगल गीतको लता मंगेशकरको स्वरमा एकल संस्करण प्रस्तुत गरिने भएको छ । नेपाली सांगीतिक क्षेत्रका मूर्धन्य स्रस्टाका माझ गर्न लागिएको कार्यक्रममा लता मंगेशकरका चित्रहरु प्रसिद्ध कलाकारले प्रस्तुत गर्ने भएका छन् ।
गायिका लता मंगेशकरका साथमा रामकृष्ण ढकालले गाउनु भएको गीत बाँचुन्जेलीलाई लोकप्रिय गीत मानिन्छ । यस गीतमा शब्द आनन्द अधिकारी र संगीत शिखर सन्तोषको रहेको छ ।
प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार