पत्रकारिता क्षेत्रलाई संकुचित होइन फराकिलो दायरा बनाउनुपर्छ : अध्यक्ष शाह

सल्यान ।
नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले पत्रकारिता क्षेत्रलाई फराकिलो दायरामा बढाउनुपर्ने बताएका छन् । पत्रकारिता क्षेत्र संकुचित हुने अवस्था भएकोले यसलाई अब फराकिलो दायरा बनाउनुपर्ने उनले बताए ।
सोमबार सल्यान खलंगामा भएको प्रेस चौतारी सल्यानको सातौं जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै उनले विभिन्न कालखण्डमा राज्यले कहीँ गल्ती गर्छ भने त्यसलाई सहि मार्गमा ल्याउन पत्रकारहरु जाग्नुपर्ने बताए । उनले भने, “सुचना प्रविधिले अहिले संसार हल्लाउन थालिसक्यो । त्यहि भएर पत्रकारिताको क्षेत्रलाई पनि फराकिलो दायरा बनाएर सशक्त बनाउनुपर्छ ।”
प्रेस चौतारीले एमालेको भातृ संगठनको रुपमा मात्रै काम नगरेर आमा जनजीविका सवालमा सकारात्मक काम गर्नुपर्ने उनले सुझाव दिए । “प्रेस चौतारी एउटा इतिहास बोकेको संगठन हो । यसले एमालेको विचारधारालाई आत्मसात गर्दै जनतामा राम्रो सन्देश प्रवाह हुनेगरी आम जनजीविका सवालहरु उठाउनुपर्छ”, उनले भने ।
अधिवेशनले भुम प्रकाश भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा बामदेव केसी, सचिवमा चुडामणी पिएम, कोषाध्यक्षमा कुल बहादुर रेउले, सदस्यहरुमा धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली र पुर्णिमा डिसी रहेका छन् ।
त्यस्तै केन्द्रीय परिषद सदस्यमा शंकर केसी, शिवा डांगी, प्रदेश परिषद सदस्यमा झक्कु प्रसाद शर्मा, नोखिराम थापा बिक रहेका छन् ।
कार्यक्रममा शाह सँगै एमाले सल्यानका अध्यक्ष भीमबहादुर सेन, प्रेस चौतारीका केन्द्रीय निर्वाचन आयोग प्रतिनिधि प्रेम बहादुर राम्जा, पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोष जिएम, सल्यान उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष राजेन्द्र भण्डारी, नेपाल निजामती कर्मचारी संगठन सल्यानका अध्यक्ष डिल्ली घर्ती, प्रेस सेन्टर सल्यानका अध्यक्ष सरिता चलाउने, समाजवादी प्रेस संगठन सल्यानका अध्यक्ष बुद्धि पुन, जनपत्रकार संगठनका केन्द्रीय सदस्य खकेन्द्र केसी, पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य टेकराज शाही, गैरसरकारी संस्था महासंघ सल्यानका उपाध्यक्ष खड्ग शाही लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चौतारीका निवर्तमान अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नोखिराम थापाले गरेका थिए ।
अधिवेशनमा एमाले सल्यानका उपाध्यक्ष तथा छत्रेश्वरी गापा अध्यक्ष ओज बहादुर बुढाथोकी, सचिव पुस्पा बोहरा, उपसचिव गणेशमान सिंह, जिल्ला कमिटी सचिवालय सदस्य फौद बहादुर बस्नेत, छत्रेश्वरी गाउँपालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का लगायतको उपस्थिति रहेको थियोे ।