सल्यान कुयापानीकाे खानेपानी विवाद : वडा कार्यालयमा तालाबन्दी

सल्यान ।
खानेपानीकाे मुहान दर्ताकाे विषयमा विवाद हुँदा सल्यानकाे बागचाैर नगरपालिका वडा नं. ९ काे वडा कार्यालयमा स्थानीयबासीले तालाबन्दी गरेका छन् ।
बागचाैर नगरपालिका ९ कुयापानीका स्थानीयबासीले खानेपानी मुहान दर्ताको सिफारिस वडाध्यक्षले नदिएकाे भन्दै साेमबार वडा कार्यालय खाेरबारेमा तालाबन्दी गरेका हुन् ।
कुयापानीकाे बस्तीमा खानेपानी याेजनाकाे लागि प्रदेश सरकारले ११ लाख बजेट विनियाेजन गरेकाेले मुहान दर्ता प्रक्रिया अगाडी बढाउदा वडाध्यक्षबाट राेकताेक भएकाे कुयापानी चाैखेढुंगा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष धनेन्द्र विमल वलीकाे आराेप छ ।
के हाे विवादकाे जड ?
बागचाैर नगरपालिका ९ कुयापानीकाे बस्तीदेखि तलकाे खाेलामा खानेपानीकाे स्राेत छ । त्यस खाेलाकाे पानी करिब ५/६ वर्ष अगाडी वडा नं. ८ मा रहेकाे काेटमाैला स्वास्थ्य चाैकीकाे लागि भनेर ल्याइयाे । त्यसबेला पानीकाे मुहान दर्ता गरिएकाे थिएन् ।
वडा नं. ९ कुयापानीकाे पानी वडा नं. ८ काेटमाैलामा लिएकाे भनेर केहि महिना पछि कुयापानीका स्थानीयबासीहरुले पाइप भाँचेर खानेपानी संचालनमा अवरुद्ध पुर्याए । यसरी खानेपानीकाे पाइपलाइन अवरुद्ध भएपछि त्यसयता कुयापानीकाे खानेपानी काेटमाैलामा सुचारु हुन सकेकाे छैन् ।
समय बित्दै जाँदा गतवर्ष ‘कुयापानी काेटमाैला स्वास्थ्य चाैकी गाउँघर खानेपानी तथा सरसफाइ उपभाेक्ता समिति’ वडा नं. ८ मा गठन भइ कुयापानी खाेलाकाे पानीकाे मुहान दर्ता भयाे । वडा नं. ९ कुयापानीदेखि तलकाे खाेलाबाट वडा नं. ८ काेटमाैलामा खानेपानी ल्याएर घरघरमा वितरण गर्ने उदेश्यले सुस्वा परियाेजनाबाट एक कराेड भन्दा बढीकाे बजेट समेत विनियाेजन भएकाे थियाे । तर कुयापानीबासीकाे विराेधका कारण याे याेजना निर्माण कार्य सफल हुन सकेन र बजेट फिर्ता भयाे ।
कुयापानी देखि तलकाे खाेलामा काेटमाैलाबासीले गरेकाे पानीकाे मुहान दर्ता खारेजी हुनुपर्ने भन्दै बागचाैर नगरपालिकाकाे न्यायिक समितिमा उजुरी समेत परेकाे छ । उसाे त काेटमाैलामा खानेपानीकाे भने ठुलाे अभाव छ ।
विवाद उत्कर्षमा कसरी पुग्याे ?
कुयापानीबासीले आफ्नाे गाउँकाे पानी आफै खानुपर्छ भन्दै खानेपानी याेजना माग गरेर कर्णाली प्रदेश सरकारबाट ११ लाख बढीकाे बजेट छुट्याउन लगाए । त्यसका लागि समिति गठन र मुहान दर्ताकाे प्रक्रियामा अगाडी बढे ।
२०८१ पाैष २ गते मुहान दर्ताकाे लागि वडा नं. ९ काे सिफारिस सहित बागचाैर नगरपालिकामा निवेदन दिए । नगरपालिकाले मुहान दाबी विराेधकाे ३५ दिने सुचना जारी गर्याे । उक्त अवधि भित्र २०८१ माघ ६ गते कुयापानी काेटमाैला स्वास्थ्य चाैकी गाउँघर खानेपानी तथा सरसफाइ उपभाेक्ताले उक्त क्षेत्रभित्रकाे मुहान आफुले दर्ता गरिसकेकाे भने दाबी बिराेधकाे निवेदन दियाे ।
कुयापानी काेटमाैला स्वास्थ्य चाैकी गाउँघर खानेपानी तथा सरसफाइ उपभाेक्ताले एक सय मिटर भित्र दाबी बिराेध गरेपनि आफुहरुले १ सय ६० मिटर माथी मुहान दर्ता गर्न खाेजेकाे कुयापानी चाैखेढुंगा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष धनेन्द्र विमल वलीकाे भनाइ छ ।
दाबी बिराेधकाे १ सय मिटर भित्र आफ्नाे मुहान नपर्ने भएकाेले वडाध्यले यसपछि दार्ताकाे प्रक्रियामा गर्नुपर्ने सिफारिस दिनुपर्ने वलीकाे तर्क छ ।
बागचाैर ९ का वडाध्यक्ष यज्ञ बहादुर डाँगीले भने दाबी बिराेध परिसकेकाेले कुयापानीबासीले भनेअनुसारकाे व्यहाेराेकाे सिफारिस गर्न नसक्ने बताएका छन् । नगरपालिकाबाट यस सम्बन्धि जाँचबुझकाे लागि पत्र समेत आएकाेले त्यसबारे आफुले अहिलेनै निर्णय गर्न नसक्ने उनले बताए ।
मुहान फरक र टाढा भएकाेले दाबी बिराेध नपुग्ने भन्दै कुयापानीबासीले वडाध्यक्षले सिफारिस नदिएकाेले वडा कार्यालयमा तालाबन्दी गरेकाे बताएका छन् । पहिला दिन्छु भनेर ठिक्क पारेकाे र अहिले वडा अध्यक्ष वडा कार्यालय छाेडेर अनेन्त्र गएकाे उनिहरुकाे भनाइ छ ।