२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

नेकपा सल्यानको बैठक : आगामी २२ गते अन्तरक्रिया र २३ गते प्रशिक्षण कार्यक्रम हुने

सल्यान ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानको सातौं पुर्ण बैठक श्रीनगरमा सम्पन्न भएको छ ।

जिल्ला सेक्रेटरी अनिल खड्काको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य मोहलाल चन्दको प्रमुख आतिथ्यता रहेको थियोे । बैठकमा केन्द्रीय सदस्य भीम भारती, मदन चन्द, केन्द्रीय प्रतिनिधि सदस्य प्रकाश गिरी, टोप बहादुर वली, राजेन्द्र खड्का लगायत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियोे ।

बैठकले आगामी २२ गते सबै क्षेत्रका व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रम र २३ गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस