सल्यानमा दार्मा गाउँपालिकाको गाउँसभाको १६ औ अधिवेशन सप्पन्न

गोपाल ओलि ( परिवर्तन ) ०२ माघ, सल्यान । सल्यानको दार्मा गाउँपालिका गाउँ सभाको १६ औ अधिवेशन सम्पन्न भएको छ । उत्पादनमा वृद्धि ,दार्माको समृद्धि भन्ने मुलनाराका साथ दार्मा गाउँपालिको सहिद ल्रसभाहलमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशन बुधबार दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसिले बजेट प्रस्तुत गर्नुभएकोr\ थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दले र?्उक्स्र घटबढ प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशनमा खानेपानी तथा सरसफाइ योजनाहरु, प्रधानमन्त्री रोजगार कार्यक्रम ,कृषि तथा पशुपंक्षी विकास तर्फ मुख्य काम रोग लागेका १३ हजार ९सय ३४ पशुपंक्षीलाई मेडिकल उपचार ,शिक्षा क्षेत्र,सामाजिक विकास क्षेत्र ,भुकम्प र पुनःनिर्माण ,सुशासन र अन्तर सम्बन्धित क्षेत्र ,विपद व्यवस्थापन र औषधि उपचार ,लगायत विविध योजनाको प्रस्तुत भएको थियो । उक्त अधिवेशनमा आर्थिक बर्ष २०८१/८२ को अर्धबार्षिक समिक्षा प्रतिवेदन पेश भएको छ ।साथै आर्थिक बर्ष २०८१/८२ को रकमान्तर तथा संशोधन र न्यायीक समितिको प्रतिवेदन पेश भएको छ ।
अधिवेशन सभाको संवोधन हुनुका साथै सभामा बोल्ने सदस्यहरुलाई बोल्ने समय दिईएको थियो । अधिवेशनको अध्यक्षता दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुरको गिरिको रहेको थियो । अधिवेशनको बजेट र रकमान्तर प्रस्तुत गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गर्नुभएको थियो ।