२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

आइ ओ एम द्वारा त्रिवेणी गाउँपालिकालाई कम्प्रेसर टेस्टिङ मेसिन हस्तान्तरण

२९ पुस, रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकालाई एफ सि डि ओ को आर्थिक सहयोगमा कम्प्रेसर टेस्टिङ मेसिन हस्तान्तरण गरिएको छ ।आईतवार गाउँपालिकाका उपाध्यक्ष राजकुमारी रेउलेलाई टेस्टिङ मेसिन हस्तान्तरण गरिएको हो । उक्त मेसिन आई ओ एम द्वारा प्रदान गरिएको हो । भवन वा संरचना कति सुरक्षित छन भनेर जाँच गर्न , इटा ,कङ्क्रीट,सिमेन्ट ब्लक जस्ता सामग्रीको दबाब सहने क्षमता जाँच गर्नका लागि प्रयोग गरिने मेसिन गाउँपालिकालाई प्रदान गरिएको बताईएको छ ।
यो मेसिन भवन निर्माण ,सडक पुल ,इन्जिनियरिङ क्षेत्रको क्षमता जाच गर्न प्रयोग गरिने छ ।उक्त मेसिनकाे तालिम लिई ल्याब टेस्टको लागि नवीन खड्कालाई जिम्मा दिईकाे छ । एफ सि डो ओ को आर्थिक सहयोग , आई ओ एमको व्यवस्थापनमा सि आई एन कार्यान्वयन भएको संयुक्त पुनर्लाभ परियोजना अन्तरगत टेस्टिङ मेसिन हस्तान्तरण गरिएको त्रिवेणी गाउँपालिकाका विपद फोकल पर्सन खिम बहादुर ओलिले जानकारी दिनुभएको छ ।मेसिन हस्तान्तरण कार्यक्रममा त्रिवेणी गाउँपालिकाका इन्जिनियर प्रदीप मल्ल ,आई ओ एमका इन्जिनियर चन्द्र अधिकारी ,प्राविधिक कमल कठायत र नवीन खडका ,खिम बहादुर ओलि लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस