२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

सुन्तला बगैंचामा मल लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्युु

सल्यान ।
सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका-१ भालुमारेदेखि मयानीतर्फ कम्पोष्ट मल बोकेर जादै गरेको लु.प्र. ०२०० त ००१२ ट्र्याक्टर बुधबार विहान ८:३० मा उछिट्टेगौरामा पल्टिँदा छत्रेश्वरी गाउँपालिका १ मयानीका ४९ का क्षेत्र बहादुर खत्रीको मृत्यु भएको हो ।

कम्पोष्ट मल बोकेको ट्र्याक्टर दुर्घटनामा पर्दा सुन्तला बगैँचामा हाल्न मल ल्याउँदै गरेका खत्री ट्रलीले च्यापिएका थिए । खत्रीको घटनास्थलमै मृत्यु भएको छत्रेस्वरी गाउँपालिका-१ का वडाध्यक्ष प्रकाश हमालले बताए ।


मृतकको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको उनले जानकारी गराए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक केसरकुमार न्यौपानेले ट्र्याक्टरमा चार जना सवार रहेकामा खत्री ट्रलीमा बसेकाले उनी मात्र च्यापिएका अगाडि बस्ने कसैलाई चोटपटक समेत नलागेको बताए ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस