२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

सल्यानमा एकैघरका दिदीबहिनी शंकास्पद अवस्थामा मृत फेला

२०८१ पुष २४ गते बुधवार

पुस २४, सल्यान ।
सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदीबहिनी नै आफ्नै घरमा मृत फेला परेका छन् ।
बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतले बताए ।
उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको इन्सपेक्टर बस्नेतले जानकारी दिए ।
कुनै पनि स्वास्थ्य समस्या नभएका दुई बहिनी मृत अवस्थामा भेटिएकाले घटना शंकास्पद रहेको उनले बताए । ‘दुई जना छोरी र आमा सँगै एउटै घरमा बस्ने रहेछन् । आमालाई सोधपुछ गर्दा केही बाेल्नुभएकाे छैन्’ (इन्सपेक्टर) बस्नेतले भने ।
घटना शंकास्पद देखिएकोले अहिले प्रहरीले आमा पुर्णिमा रानालाइ नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनकाे भनाइ छ

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस