प्यालेस्टाइनीमाथी इजरायली जनसंहार विरुद्ध सल्यानमा हस्ताक्षर अभियान
![](https://lekaalionline.com/wp-content/uploads/2021/08/default-feature-image.png)
सल्यान ।
इजरायलले प्यालेस्टाइनी माथी गरेकाे जनसंहार विरुद्ध सल्यानमा हस्ताक्षर अभियान थालिएकाे छ ।
सल्यानमा रहेका राजनीतिक दलहरु नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वकाे नेकपाकाे अग्रसरतामा हस्ताक्षर संकलन अभियान संकलनकाे सुभारम्भ गरिएकाे हाे ।
आइतबार मात्रै २ सय भन्दा बढी हस्ताक्षर संकलन गरिएकाे नेकपाका केन्द्रीय सदस्य मदन चन्दले जनाए । हस्ताक्षर संकलन श्रीनगरमा गरिएकाे छ ।
अभियान पुस २८ सम्म संचालन हुने एकीकृत समाजवादीका जिल्ला सचिव रमेशकुमार गाैतमले बताए ।
याे अभियान अहिले देशव्यापी रूपमा चलिरहेकाे र आफुहरुले संकलन गरेकाे हस्ताक्षर कर्णाली प्रदेश हुँदै केन्द्रबाट संयुक्त राष्ट्र संघ लाइ बुझाउने माओवादी केन्द्रका जिल्ला संयाेजक मान बहादुर मल्लकाे भनाइ छ ।
प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार