२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

युबराज चौलागाई र अनुष्का पाठकको ‘सिरफूले माया’ सार्बजनिक

२१ पौष, काठमाडौं । लोकप्रिय गायक युवराज चौलागाईं र गायिका अनुष्का पाठकको स्वरमा नयाँ गीत ‘शीरफूले माया’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द, संगीत रहेको ‘शीरफूले माया’ गीतको संगीत संयोजन भने कमल सौरागको रहेको छ ।

सान थापा निर्देशित गीतको भिडियोमा युवराज चौलागाईं, प्रभात पल ठकुरी, विजय पुन, अञ्जली अधिकारी, सुशिला थापा र अनुष्काले अभिनय गरेका छन् । भिडियोमा राजीव समरको नृत्य निर्देशन छ । बुद्ध थापाको छायांकन, विवेक सुनुवारको सम्पादन रहेको भिडियोको कलर सुप्रिम पराजुलीले गरेका हुन् ।

चौलागाईं आधुनिक र फिल्मको पाश्र्व गायनबाट बढी चिनिएका गायक हुन् । ‘शीरफूले माया’ले लोक र आधुनिकमा पनि चिनाउने उनको बिश्वास रहेको छ । उनकै युट्युव च्यानलबाट गीत सार्वजनिक गीत गण्डकी प्रदेशमा प्रसिद्ध शीरफूले भाकामा बुनिएको भएकोले सबैले मनपराउने अपेक्षा गरिएको छ । लोक र आधुनिक शैलीमा आफूले पहिलोपटक गाएको गायक चौलागाईंले बताए ।

हेर्नुहोस भिडियो :

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस