२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

प्रेस सेन्टर सल्यानको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा सरिता चलाउने

 २० पौष, २०८१

 २० शनिबार,सल्यान
प्रेस सेन्टर सल्यानको अध्यक्षमा सरिता चलाउने निर्वाचित हुनुभएकी छ ।शुक्रबार सम्पन्न भएको छैठौं अधिवेशनले चलाउनेको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।अधिवेशनबाट उपाध्यक्षमा महेश कुमार वली र खिमा बोहरा, सचिवमा अमृत कुमार बुढाथोकी, सहसचिवमा कमल धिताल र प्रदिप घर्ती तथा कोषाध्यक्षमा राम प्रसाद शर्मा निर्वाचित भएका छन ।त्यस्तै समितिको सदस्यहरूमा नवीन रावत, चन्द्र प्रकाश वली, महेश विक, महेश वली निर्वाचित भएका छन ।अधिवेशनले ३ जनालाई केन्द्रीय तथा ५ जनालाई प्रदेश प्रतिनिधि निर्वाचित गरेको छ ।अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक मान बहादुर मल्लले पत्रकारिता क्षेत्र बहुआयामिक क्षेत्र भएकाले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभएको छ । क्रियाशिल रहने, समस्याको पहिचान गर्ने र ति समस्याको समाधान गर्न पत्रकारको भुमिका महत्वपूर्ण भएकाले साझा मुद्दामा सबै मिलेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।यस्तै प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज दिपक शर्माले पत्रकारले आफ्नो कलमका माध्यमबाट आवाज विहिनका आवाज बोल्दै आएको बताउनुभएको छ । मर्यादित र व्यावसायिक पत्रकारिता अहिलेको आवश्यकता भएको बताउदै उहाँले सामाजिक संजालका कारण बढ्दै गएको चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । यस्तै प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश अध्यक्ष प्रतीक इच्छुक शर्माले जनपक्षीय पत्रकारिता अहिलेको आवश्यकता भएकोे बताउनुभयो ।यस्तै नेपाल पत्रकार महासंघ सल्यानका जिल्ला अध्यक्ष डिल्लीराज रावतले बढ्दो प्रविधिको उच्चतम प्रयोग गर्दै पत्रकारको हित र व्यावसायिक पत्रकारितामा सबैको जोड हुनुपर्ने बताउनुभयो । यस्तै नेपाल प्रेस युनियनका सल्यान अध्यक्ष लोकमान चन्दले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हित र भलाइका लागि काम गर्नुपर्ने बताउनुभयो । यस्तै प्रेस चौतारी नेपालका सल्यान अध्यक्ष प्रकाश भण्डारीले पत्रकारलाई पत्रकारितामै टिक्ने वातावरण निर्माणमा गर्नुपर्नेमा जोड दिनुभयो ।यस्तै समाजवादी प्रेस संगठनका सल्यान अध्यक्ष बुद्धि पुनले सबै पत्रकारका मुद्दा र सवाल एउटै भएकाले संगै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । यस्तै जनपत्रकार संगठनका केन्द्रिय सदस्य खकेन्द्र केसीले   जिल्लाको पत्रकारकारिता स्वच्छ र निस्पक्ष बनाउन सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । प्रकाश शर्मा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सरिता चलाउनेले सवागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन इन्द्रबहादुर बुढाथोकीले गर्नुभएको थियो ।सो अवसरमा नेपाल पत्रकार महासंघमा निर्वाचित नयाँ कार्यसमितिलाई बधाइ ज्ञापन गरिएको थियो 

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस