२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

चर्चित गायक नेत्र भण्डारीको ‘छुट्टिने बेलैमा’ सार्बजनिक

११ पौष, काठमाडौं । बहुचर्चित गायक नेत्र भण्डारीको शब्द तथा संगीतमा छुट्टिने बेलैमा’ बोलको गितको म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ । लामो समयदेखि सांगितिक क्षेत्रमा सक्रिय रहेका लोक तथा दोहोरी गायक नेत्र भण्डारीको पछिल्लो समय कारुणिक गीत छुट्टिने बेलैमा’ सार्बजनिक भएको हो । बहुप्रतिभाका धनि गायक भण्डारीका यस अघि दर्जन बढी गीत बजारमा चर्चामा छन् ।

पछिल्लो समय बजारमा आएको ‘छुट्टिने बेलैमा’ वियोगान्त प्रेम भावमा तयार भएको गीतमा नेत्र भण्डारी र सबिना बुढा मगरको सुमधुर स्वर सुन्न सकिन्छ । कृष्ण केसीको संगीत संयोजनमा तयार भएको यो गीतमा खडक बाजुरालीले ध्वनि सम्पादन गरेका हुन् । जुन गित मालाश्री रेकडिङ स्टुडियोमा गोबिन्द पराजुली र सागर बाजुरालीले रेकर्ड गरेका हुन् ।

गीतको म्युजिक भिडियो पनि गीतको भाव अनुसार देखाउन निकै नै मेहनत गरेको देख्न सकिन्छ । प्रविन भट्टले कलर र सम्पादन गरेको उक्त गीतको म्यूजिक भिडियो प्रकाश खड्काले खिचेका हुन । सबिना बुढा मगरको युट्युब च्यानल मार्फत यो गीत सार्वजनिक गरिएको छ ।

हेर्नुस पुरा भिडियो : _

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस