२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

सल्यानी सेवा समाज दाङले गर्यो धारापानीमा वनभोज तथा भेटघाट कार्यक्रम

घाेराही ।

सल्यानी सेवा समाज दाङले चर्चित धार्मिक तथा पर्यटकिय क्षेत्र धारापानी स्थित पाण्डेश्वर मन्दिर परिसरमा वनभोज तथा भेटघाट कार्यक्रम गरेको छ ।

शनिबार भएको कार्यक्रममा सल्यान जिल्लामा जन्म भई हाल दाङ जिल्लामा बसोबास गर्दै आएका सल्यानीहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियोे । संस्थाले सल्यानीहरु बिच भाइचारा एवम् एकअर्कामा परिचयात्मक सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ वनभोज तथा भेटघाट कार्यक्रमकाे आयोजना गरेको हाे ।

साे कार्यक्रममाकाे औचित्य पुष्टि सहित समाजले गरेका विविध गतिविधिहरूका बारेमा समाजका सल्लाहकार दीपक शर्मा समीरले जानकारी गराएका थिए ।

कार्यक्रममा सल्लाहकारहरू श्याम रेग्मी, डा. कृष्णराज डिसी, नारायणप्रसाद श्रेष्ठ, कमलमणि देवकोटा र अतिथिहरूमा निमवहादुर नेपाली, जेष्ठनागरिक हुति डाँगीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा करिव ७० जना सल्यानी बुवाअआमा, दाजुभाइ दिदीबहिनीहरूकाे उपस्थिति रहेकाे थियाे ।
उक्त कार्यक्रममा सल्यानी लाेक संस्कृति झल्कने लाेकभाका, पैसेरू, साेरठी, बन्काडी टप्पा लगायतका गीत नाच प्रस्तुत गरिएको थियो ।

कार्यक्रम सल्यानी सेवा समाज दाङका अध्यक्ष दिपेन्द्र रावतकाे अध्यक्षतामा सम्पन्न गरिएको थियाे । कार्यक्रममा समाजका सल्लाहकारहरू श्याम रेग्मी, डा. कृष्णराज डिसी, दीपक शर्मा समीर, नारायणप्रसाद श्रेष्ठ, कमलमणि देवकोटा र अतिथिहरूमा निमबहादुर नेपाली, जेष्ठनागरिक हुति डाँगी लगाएतकाे उपस्थिति रहेको थियोे । रमन शर्माकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समाजका सचिव विपिन आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस