दाङमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
पौष ५, २०८१ शुक्रबार
घोराही तुलसीपुर सडक खण्ड अन्तरगत गुर्जे खोला नजिकै यात्रु बहाक बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० का ४४ वर्षीय दिलिप केसी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताउनुभयो ।
दुर्घटनामा परी घाइते हुनु भएका केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । दुर्घटनामा परेको बसमा सवार ११ यात्रु घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ६६५४ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका १०, गुर्जे खोलानजिक शुक्रबार दिउँसो ठोक्किएका थिए । बस चालक घोराही-१८, फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ