सुनको भाउ चार सय रुपैयाँले बढ्यो
मंसिर २४, २०८१ सोमबार

काठमाण्डौ – आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलामा एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ
प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार