२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

तुलसीपुरमा ३ जना चडेको मोटरसाइकल दुर्घटना,हुदा एकजनाको मृत्यु

तुलसीपुर, २३ मंसिर ।

  दाङको तुलसीपुरमा ३ जना चडेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–३ खमारीका १६ बर्षीय दिपेन्द्र वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार तुलसीपुर–४ ठुला खाली खाद्रे बनहरीबाट तुलसीपुरतर्फ आउदै गरेको लु.प्र.०२–००१ प १७१७ नम्बरको मोटरसाइकल आज दिउँसो सवा २ बजेको समयमा आफै अनियन्त्रित भएर रुखमा ठोक्किदा दुर्घटना भएको हो । मोटरसाइकल सडक देखि ५ मिटर तल खसेर दुर्घटना हुदा चालकसहित ३ जना घाइते भएका थिए ।

  घाइते दिपेन्द्र वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा सवा ३ बजेको समयमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक तुलसीपुर–४ कल्लेखोलाका १७ वर्षीय गणेश खड्का र मोटरसाइकलमा पछाडी सवार तुलसीपुर–४ घोरनेटीका १८ वर्षीय सन्दिप वलीको अहिले उपचार भइरहेको छ । गम्भिर घाइते सन्दिपलाई थप उपचारका लागी राप्ती लाइफ केयरमा रिफर गरिएको छ भने अर्का सामान्य घाइते भएका चालक खड्काको अहिले प्रादेहिक अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा चालक सहित तीन जना सवार रहेकाले अनियन्त्रित भएर दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस