रास्वपा सल्यानकाे प्रथम जिल्ला भेलाबाट १३ सदस्यीय जिल्ला कार्यसमिति चयन
सल्यान ।
राष्ट्रिय स्वतन्त्र पार्टी सल्यान जिल्लाको प्रथम जिल्ला भेला शनिबार खलंगामा सम्पन्न भएकाे छ ।
भेलाले प्रकाश नेपालीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । पाँच पदाधिकारीमा उपसभापति टिकाराम केसी, सचिव श्रीकान्त राई, सहसचिव हिरा याेगी श्रेष्ठ र काेषाध्यक्षमा सिता मल्ल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पुष्कर चलाउने, तुलसी खत्री, बिर बहादुर राना, डम्बर खड्का, शेर बहादुर केसी, नियम बहादुर विक, अन्जन राई, अर्पन राई, वसन्त चन्द, विकास चन्द रहेका छन् । संगठन विभाग प्रमुखमा अर्पन राईलाइ जिम्मा दिइएकाे छ ।
प्रथम भेला सम्पन्न गर्नकाे लागि केन्द्रीय महामन्त्री कबिन्द्र बुर्लाकोटी र प्रदेश महामन्त्री ललित चन्दकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै महामन्त्री बुर्लाकाेटीले देशका ठुला दुइ दलले रास्वपामाथी प्रतिसाेध साँधेर र आगामी २०८४ सालकाे निर्वाचनदेखि डराएर रवि लामिछानेलाइ झुटा मुद्दामा पक्राउ गरिएकाे बताएका छन् ।