दाङ तुलसीपुरकाे अरनिको मैदानमा तुलसीपुर नगर जेसिसले शौचालय बनाउने

तुलसीपुर, २२ मंसिर ।
दाङको तुलसीपुरमा रहेको अरनिको मैदानमा तुलसीपुर नगर जेसिसले शौचालय बनाउने भएको छ । अरनिको मैदानदेखी पश्चिमतिरको भागमा बन्न लागेको शौचालयको आज एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य दिपक गिरीले सिलन्यास गर्नुभएको छ । शौचालयको सिलन्यास गर्दै सांसद गिरीले सरकारले गर्नुपर्ने काम नगर जेसिसले गर्नु रामो पक्ष रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । अरनिको मैदानमा २/३ महिनाभित्रै सुविधा सम्पन्न शौचालय निर्माण गरी हस्तान्तरण गर्ने गरी निर्माण सुरु गर्न लागिएको तुलसीपुर नगर जेसिसका अध्यक्ष पुर्ण बिक्रम डाँगीले जानकारी दिनुभयो ।
अरनिको मैदानमा विभिन्न किसिमका खेलखुदका क्रियाकलापसँगै अन्य धेरै कार्यक्रमहरु हुदै आएपनि सार्वजनिक शौचालय नहुदा खेलाडीलगाएत अन्य सहभागीहरुलाई धेरै समस्या हुने गरेको उहाँले बताउनुभयो । सोही समस्यालाई मध्यनजर गर्दै नगर जेसिसको आयोजनामा शौचालय निर्माण गर्न थालिएको उहाँले बताउनुभयो । अरनिको मैदानमा शौचालयको आवश्यकता रहेपनि निर्माणमा अहिलेसम्म कसैले चासो नदेखाएको भन्दै विभिन्न सञ्चार माध्यामलगाएत सामाजिक सञ्चालहरुमा टिकाटिप्पनी भइरहेको अवस्थामा तुलसीपुर नगर जेसिस शौचालय निर्माणमा अगाडी सरेको हो । शौचालय निर्माण सम्पन्न भएसँगै खेलाडीहरुलाई सहज हुने अपेक्षा गरिएको छ