एकीकृत समाजवादी छाेड्नेहरुकाे लर्काे, ज्वालाकै विश्वासपात्र सहित ३५ जना एमालेमा
नेकपा एकीकृत समाजवादी पार्टीमा नेता कार्यकर्ताहरु टिक्न मुस्किल भएकाे छ । पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाकै गृह जिल्ला सल्यानमा नेता कार्यकर्ताहरु पुरानै पार्टी एमालेमै फर्कन थालेका छन् ।
केहि समय अघि मात्रै सल्यानमै एकीकृत समाजवादी पार्टी छाेडेर एमाले प्रवेश धेरै नेता कार्यकर्ताले गरेका थिए । फेरि शनिबार नेकपा समाजवादी पार्टिका केन्द्रिय परिषद सदस्य, जिल्ला कमिटी सदस्यहरु सहित ३५ जना नेता कार्यकर्ता एमालेमै फर्किएका हुन् । समाजवादीका केन्द्रिय परिषद सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्य ज्ञानेश्वर केसी, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सह इन्चार्ज राजेश बिक, जिल्ला कमिटी सदस्य तथा शारदा नगरकमिटी सचिव नवराज बुढाथोकी, जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष गणेश बुढाथोकी सहित ३५ जना नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।
ज्ञानेश्वर केसी उपाध्यक्ष प्रकाश ज्वालाका विश्वाशपात्र समेत हुन् । बागचाैरका स्थापित नेता केसीले ज्वालालाइ छाेडेर एमालेमा जानुलाइ सबैले चासाेपुर्वक हेरेका छन् । विगतको भुललाइ सच्याउदै र जनप्रीय पार्टी एमालेलाइ अझै सशक्त बनाउने प्रतिबद्धता सहित आफुहरु एमालेमा फर्किएकाे उनिहरुकाे भनाइ छ ।
एमालेमा समाहित हुने अन्य नेता कार्यकर्ताहरुमा समाजवादीका शारदा नगर कमिटी सदस्य हेमा शर्मा, इन्द्रा बिक, भरत बुढाथोकी, जिवराज शर्मा, रमेश बिक, वडा कमिटी उपाध्यक्ष यज्ञ बहादुर बिक सहित कैलाश बुढाथोकी, जोगेन्द्र बिक, केशव बिक, राम बहादुर बुढाथोकी, पोस्कर बिक, खिम बहादुर डांगी, आशा विक, किरण बिक, श्रीधर बिक, किरण बुढाथोकी, नशिव बिक, किरणप्रताव बिक, रश्मि लामा बिक, भुपेन्द्र बिक, निर्मला थापा, सीता बस्नेत, अन्जित कुमार श्रेष्ठ, सुरेश बिक, हिरालाल रावत, खड्ग बहादुर रेउले, राम बहादुर बिक, कर्ण बहादुर खत्री, रुद्र बहादुर थापा, कालिका खड्का, खुम बहादुर बिक रहेका छन् ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्द कुमार पुन, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, पार्टीका प्रदेश कमिटी सदस्यहरु सरिता हमाल, कुन्ता बस्नेत, जिल्ला कमिटी अध्यक्ष भिम बहादुर सेन लगायतका नेताहरुले पार्टीमा समाहित हुनेहरुलाइ स्वागत गरेका थिए ।
नेकपा एमाले शारदा नगर कमिटिले श्रीनगरमा आयोजना गरेको कार्यक्रमा समाजवादीका नेता कार्यकर्ताहरुलाइ स्वागत गरिएको हो । नगरकमिटी अध्यक्ष महेश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकी, सचिव पुस्पा बोहरा, उपसचिव द्वय गणेशमान सिंह, सनशिल्ता वली डिसि लगायत जिल्ला कमिटी सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका नेताहरु लगायतको सहभागिता रहेको थियो ।
नगरकमिटी उपाध्यक्ष राम बहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममको संचालन सचिव बिनोद चलाउनेले गरेका थिए ।