चलचित्र ‘१२ गाउँबाट’ आएकाे मुनाफाले सल्यानका विपन्न विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण
सल्यान ।
सल्यानी समाज दक्षिण काेरियाले चलचित्र १२ गाँउ बाट आएकाे मुनाफाकाे ७० प्रतिशत रकमकाे सामाग्री सल्यानका दुर्गम तथा विपन्न ठाउँका विद्यालयका विद्यार्थीहरुलाइ सहयाेग गरेकाे छ ।
सल्यानी समाज दक्षिण काेरियाले केहि समय अगाडी चलचित्र १२ गाँउ प्रदर्शन खरिद गरेर काेरियाका विभिन्न ठाउँहरुमा प्रदर्शन गरिएकाे थियाे । साे चलचित्रबाट भएकाे आम्दानीकाे ७० प्रतिशत रकम बराबरकाे सामाग्री सल्यान जिल्ला भित्रकाे शैक्षिक क्षत्रमा र बाँकी ३० प्रतिशत रकम संस्थामै राखिएकाे सल्यानी समाज दक्षिण काेरियाका महासचिव राेशन वलीले जानकारी दिए । उनका अनुसार समाजले चलचित्र १२ गाउँबाट सवा ३ लाख बढी नेपाली रकम मुनाफा भएकाे थियाे ।
समाजले सल्यानका ४ पालिकाका ६ वटा विद्यालयका १ सय ७० जना विद्यार्थीलाइ न्यायाे कपडा सहयाेग गरेकाे सल्यानी समाज दक्षिण काेरियाका अध्यक्ष टर सिं पुनले बताए । यसरी सहयाेग पाउने विद्यालयहरुमा दिप सृजना प्रथामिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका १० साधानबाँस, जनजोति आधारभूत विद्यालय छत्रेश्वरी गाउँपालिका १ काल्चे, महेन्द्रदोय आाधारभूत विद्यालय शारदा नगरपालिका १२ लेखडाँग्री, शिव माध्यामिक विद्यालय शा.न.पा. १२ मुल डाँडा, दुर्गा आधारभूत विद्यालय शा.न.पा. १२ तिम्ले र सरस्वति आाधारभूत विद्यालय कालिमाटी गाउँपालिका ३ फारुला सल्यान रहेका छन् ।
विद्यालयले अति विपन्न विद्यार्थीहरु छनाेट गरेर सामाग्री वितरण गरिएकाे जनजोति आधारभूत विद्यालय छत्रेश्वरी गाउँपालिका १ काल्चेका विव्यस अध्यक्ष अर्जुन केसीले बताए । यसरी दुर्गम र पिछडिएकाे ठाउँका विद्यालयमा सहयाेग पाउँदा आफुहरु खुसी भएकाे दिप सृजना प्रथामिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका १० साधानबाँसका अविभावक गणेश घर्ती मगरले बताए ।
“सामुहिक प्रतिवध्दता हामि जहा भएपनि सल्यानी एकता” भन्ने मुख्य उदेश्यका साथ सल्यानबाट दक्षिण काेरिया गएका प्रवाशिहरुले सन् २०२१ मा स्थापना सल्यानी समाज दक्षिण कोरिया स्थापना गरेका हुन् । याे समाजले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको थियाे ।