२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

बद्रिप्रसाद सिटौलाको “मेरै फोटो हेर्दै पो रुन्छ्यौ रे” सार्बजनिक

काठमाडौं/बद्रिप्रसाद सिटौलाको पछिल्लो सांगीतिक प्रस्तुति “मेरै फोटो हेर्दै पो रुन्छ्यौ रे” बोलको गीत सार्वजनिक भएको छ । बहुप्रतिभाका धनि गायक सिटौलाका यस अघि बजारमा आएका निकै गीतहरु सर्बाधिक चर्चामा रहेका छन् ।


पछिल्लो समय बजारमा आएको “मेरै फोटो हेर्दै पो रुन्छ्यौ रे” गीतमा बिगतका यादहरु समेटिएका छन् । वियोगान्त प्रेमभावमा तयार भएको गीतमा बद्रि प्रसाद सिटौला र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । सुफिक्स मदनको संगीत संयोजनमा तयार भएको गीतमा बद्रि प्रसाद सिटौलाको लय र राजकुमार खनालको शब्द रहेको छ ।

गीतको म्युजिक भिडियो पनि गीतको भावअनुसार भएको पाउन सकिन्छ । साजन पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा गायक तथा सर्जक स्वयम् बद्रि प्रसाद सिटौला, लोकप्रिय गायिका गीता देबी, आर्यन बिरही, इश्वर तिमल्सिना र अर्जुन थापाको अभिन देख्न सकिन्छ । बद्रि लोकमाला युट्युब च्यानल मार्फत यो गीत सार्वजनिक गरिएको छ ।

भिडियो पनि हेर्नुहोस

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस