२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

अशोककुमार सापकोटाको शव्द सृजनामा ‘ए माया’ सार्वजनिक

काठमाडौं/लोकप्रिय गायक घमेश दुलाल र सारदा रसाइलीको आवाजमा नयाँ गीत ‘ए माया’ बजारमा आएको छ । सांगितिक क्षेत्रमा अलग्यै पहिचान बनाएका गीतकार तथा गायक अशोककुमार सापकोटाको शव्द सृजनामा तयार भएको उक्त गीत संगीत तथा संगीत संयोजन नारायण दंगालको रहेको छ । वियोगान्त कथामा लेखिएको गीतले स्रोता तथा दर्शकलाई रुवाएको मात्र छैन सबैको मन जितेको छ ।

म्यूजिक प्लस रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई नारायण दंगालले मिक्सिङ मास्टरिङ गरेका हुन् । एक अर्कालाई चाहदा चाहदै पनि एक हुन नपाएको र हेर्दा हेर्दै मनभरिका चाहाना र आँखा भरिका सपना लुटिएका भावहरु यो गीतमा हामी सुन्न सक्छौं ।


सुरज श्रेष्ठ, निहारिका थापा, रामकुमार खतिवडा, राकेश श्रेष्ठ, लीलाराज बानिँया, कल्पना श्रेष्ठ र उद्धब चौलागाईंको अभिनय रहेको यो गीतको म्यूजिक भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन् । शोभना बस्नेतको श्रृंगार, सन्तोष तिमल्सिनाको छायाँकन अनि रोशन धितालको सम्पादनमा तयार भएको यो गीत संगीताश्रम नेपाल अफिसियल युट्युव च्यानल मार्फत बजारमा उपलव्ध छ ।
हेर्नुहोस् पूरा म्युजिक भिडियो

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस