भाबुक पुन र देबी घर्तीको ‘मुटु धुजा धुजा’ ले चौतर्फी चर्चा बटुल्दै
कोरिया । रुकुम झुल्नेटा निबासी सर्जंक तथा गायक भाबुक पुन र गायिका देवी घर्तिको स्वरमा रहेको मौलिक पञ्चेबाजा गीत ‘मुटु धुजा धुजा’ सार्वजनिक भएको छ ।
गायक भाबुक पुनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको पञ्जेबाजा गीत ‘मुटु धुजा धुजा’ को शब्द तथा संगीत गायक भाबुक पुनकै रहेको छ । जसमा यमराज थापा मगरको संगीत संयोजन रहेको छ ।
Adventure Entertainment को प्रस्तुतिमा निर्माण भएको गीत ‘मुटु धुजा धुजा’को भिडियो पनि अर्गानिक रुपमा निर्माण गरिएको छ । ‘मुटु धुजा धुजा’ मा चर्चित मोडेल बिजय पुन र चाहाना राना मगर लगायतको अभिनय रहेको छ ।
गितमा अजय रेग्मीको छायांकन तथा नबिन घर्तिमगरको सम्पादन रहेको छ । गितलाई अहिलेका व्यस्त र चर्चित डाईरेक्टर मौसम हिमालीको निर्देशन गरेका हुन् ।
भिडियो हेर्नुहोस :
प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार