२०८१ मङ्सिर १९ गते बुधवार | 2024 December 4th Wednesday

नेकपाले मनायो सहिद अमर खड्काको स्मृति दिवस

सल्यान ।

नेपाल कम्युनिस्ट पार्टीले सहिद अमर खड्का को स्मृति दिवसको अवसरमा एक कार्यक्रम गरेको छ ।

छत्रेश्वरी गाउँपालिका ४ ठुलीखर्कमा सहिद अमर खड्काको घरमा शुक्रबार नेकपाका पोलिटब्यूरो सदस्य मोहलाल चन्द आधारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उनले सहिदको सोचेको सपनालाई अहिलेको राज्य व्यवस्थले लत्याउदै गएको बताए ।

अम्मर खड्काका दाइ जयराम खड्का पनि सहिद भएकोमा राज्यले उनलाई अहिलेसम्म सहिद घोषणा नगरेको बताउदै आधारले जयराम खड्कालाई पनि आफ्नो पार्टीले सहिद घोषणा गरेको बताए ।

नेकपाका जिल्ला सेक्रेटरी अनिल खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रकाश गिरीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस