२०८१ कार्तिक २२ गते बिहिवार | 2024 November 7th Thursday

राप्ती राजमार्ग स्थित सात्तलेमा डवल क्याप दुर्घटना हुँदा २ जनाकाे मृत्यु, ३ गम्भीर

सल्यान ।

राप्ती राजमार्ग स्थित तुलसीपुर–३ को सात्तले नजिकै डवल क्याप जीप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

सल्यानकाे कपुरकाेट गाउँपालिका ६ र राेल्पाकाे त्रिवेणी गाउँपालिकाकाे सिमाक्षेत्रमा पर्ने काेइलाबाट तुलसीपुर जाँदै गरेकाे उक्त रा १ ज ८२२ नम्बरको डबल क्याप शनिबार बिहान ४ बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा जिप चालक दाङको दंगीशरण गाउँपालिका–४ बैंबाङका २२ बर्षीय हिरामणी बुढा र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ बर्षीय सुरेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

यस्तै दुर्घटनामा परी कपुरकोट–६ की ३१ बर्षीया देवा वली, उहाँका १३ बर्षीय छोरा महेश वली र १० बर्षीय छोरा जिवन वली गम्भिर घाइते भएका छन् । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ ।

प्रहरीका अनुसार जीप सल्यानकाे कपुरकाेट गाउँपालिका ६ र राेल्पाकाे त्रिवेणी गाउँपालिकाकाे सिमाक्षेत्र काेइलाबाट तुलसीपुरतर्फ जाँदै गरेकाे थियाे । जीप सडकबाट करिब ३०० मिटर तल खसेकाे छ । चालकबाहेक जीपमा सबै सवार कपुरकाेट गाउँपालिका ६ का रहेकाे खुलेकाे छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार
प्रतिक्रिया दिनुहोस