२०८२ मङ्सिर २४ गते मङ्गलवार | 2025 December 9th Tuesday

सल्यानकाे फलाटेमा कृषि तथा पशुपछिं बिमा सम्बन्धी छलफल

सल्यान ।

सल्यानकाे सिद्ध कुमाख गाउँपालिकाको ३ फलाटेमा कृषि तथा पशुपछिं बिमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरिएकाे छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले कृषकको टोलटोल र घरघर मा पुग्ने अभ्यासलाई निरन्तरता दिदै बिहिबार फलाटेमा कृषि तथा पशुपछिं बिमा सम्बन्धि छलफल कार्यक्रम गरेकाे हाे । कृषकलाई बीमाको दायरामा ल्याउन जिल्लाका विभिन्न ठाँउमा कृषि तथा पशुपछिं बिमा सम्बन्धि कार्यक्रम संचालन गरि रहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यानका शाखा प्रमुख अनुराग बोहराले जानकारी दिए ।

फलाटेमा भएकाे उक्त कार्यक्रमका प्रमुख अतिथि सिद्ध कुमाख गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जिबराज बोहराले सबै बीमा अपरिहार्य रहेको र अझ कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेको बताए । उनले कृषकलाइ बीमाको दायारामा ल्याउन आउदा दिनहरुमा वडाबाट पनि थप प्रयास गर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथी आइएमइ लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख भरत रोकायले सन्तती झै सम्पती पनि त्यतिकै महत्वपुर्ण हुने भएकाले सल्यान जिल्लामा कृषि तथा पशु पन्छी बीमाको लागि नेपाल सरकारले तोकेको आधिकारिक बीमा एनएलजीलाई आफ्नो सम्पतिमा हुने सबै किसिमको जोखिमलाई हस्तान्तरण गर्न आग्रह गरे ।

पहाडी नस्ल सुधार बाख्रापालन समूहका अध्यक्ष याम बहादुर बोहराले वर्षाै देखि एनएलजी बाट बीमा बनाइ बीमाको लाभ लिदै आइरहेको र सबै कृषकलाइ समेत बीमा गर्न आग्रह गरे ।

कार्यक्रमका सभाध्यक्ष एनएलजी इन्स्योरेन्स श्रीनगर शाखा प्रमुख अनुराग बोहराले सल्यान जिल्लामा कृषकलाई बिमाको दाएरामा ल्याउन विभिन्न अभ्यास गरिदै आएको र यसलाइ थप निरंतरता दिने बताए । उनले नेपाल सरकारले कृषकलाई दिने बिमा शुल्काको ८०% अनुदानको लाभ सँगै बीमाको लाभ लिन सल्यान जिल्लाका सबै कृषकलाइ बीमाको दायमा ल्याउन अहोरात्र खट्दै थप नबिनतम अभ्यासहरु गर्दै अघि बढ्ने समेत बताए ।

कार्यक्रममा जेष्ठ नागरिक जन बहादुर चलाउने, पहाडी नस्ल सुधार बाख्रापालन समूहका कोषाध्यक्ष सोनि बस्नेत लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रमकाे सहजिकरण अभिकर्ता हरि बहादुर रेउलेले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस