२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

गाडी राेक्ने विषयमा सल्यानका दुईवटा यातायातका इन्चार्जबीच विवाद हुँदा तरबार प्रहार

सल्यान ।

सल्यानमा दुइवटा यातायातका इन्चार्जहरु बीच गाडी हरुलाई आ-आफ्नो काउन्टर अगाडी रोक्ने बिषयलाइ लिएर तरबार प्रहार भएको छ ।

सल्यान रुकुम यातायात प्रालिका प्रशासकिय इन्चार्ज शालिक राम डाँगीलाई शारदा यातायातका इन्चार्ज शिव प्रसाद कँबरले तरबार हान्दा दुवैजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रेशम खत्रीका अनुसार केहिदिनदेखि गाडी हरुलाई आ-आफ्नो काउन्टर अगाडी रोक्ने बिषयमा दुवैकाे विवाद भएकाे थियाे । हिजाेमात्रै दुवै जना बीच विवाद भएपछि स्थानीय प्रहरी र यातायातका कर्मचारीहरुले विवाद मिलाइदिएका थिए ।

तर आज बिहान करिब साढे ११ बजेकाे समयमा शारदा यातायातका शिब प्रशादले लुकाई छिपाई तरबार ल्याएर सल्यान रुकुम यातायातका शालिक रामलाइ प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । शिव प्रसादले शालिक रामलाइ तरबार प्रहार गरेपछि फेरि शालिकराम पक्षकाले शिव प्रसादलाइ आक्रमण गरेका थिए ।

अहिले शालिकरामकाे श्रीनगर स्थित कान्तिपुर अस्पतालमा उपचार भैरहेकाे र बाहिर रिफरको लागि तयारी भैरहेको अस्पतालले जनाएको छ । शिव प्रसादकाे भने शारदा मेट्राे अस्पतालमा उपचारपछ्यात नेपालगञ्ज रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता खत्रीले बताए ।

तरबार प्रहारबाट घाइते भएका शालिकराम डाँगीको दाहिने हातको पाखुरा, बाँया हातमा र शिवप्रसादको टाउको, निधारमा चोट लागेको प्रहरी निरीक्षक खत्रीले जानकारी गराए । दुवैजना शारदा नगरपालिका १ निवासी हुन् ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस