२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

एमाले निकट युवा संगठन सल्यानको अध्यक्षमा प्रविन घर्ती

सल्यान ।

नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल सल्यानको अध्यक्षमा प्रबिन घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । बुधबार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न १२ औं जिल्ला अधिबेशनले घर्तीको अध्यक्षतामा २९ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा बिमल रावत, सचिबमा निर्मल सिंह, उप-सचिवद्वयमा लोकेद्र चन्द र मदन घर्ती मगर तथा कोषाध्यक्षमा मनिषा विक सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै युथफोर्स प्रमुखमा सन्जय कुमार थापा, साइबर सर्कल प्रमुखमा रोशन विस्ट, प्रचार विभाग प्रमुखमा राजन डाँगी
सर्वसम्मत निर्वाचित भएको राष्ट्रिय युवा संघ नेपाल सल्यानले जनाएको छ ।

जिल्ला अधिवेशन उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उप-महासचिव राजन थापाले युवा संघ नेकपा एमालेको बलियो शक्ति भएको बताउदै पार्टीलाई गतिशील बनाउन संगठनले महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका थापाले नवनिर्वाचित टिमलाई कार्यकालको शुभकामना सहित बधाई समेत दिए ।

यस्तै युवा संघ कर्णाली प्रदेश कमिटी सह-इन्चार्ज लोकेन्द्र गौतमले युवा संघ समक्ष नेतृत्व जन्माउने महत्त्वपूर्ण अंग भएकाले पार्टीले युवा संघलाई विशेष प्राथमिकतामा दिनुपर्ने बताए ।

कार्यक्रममा युवा संघ कर्णाली प्रदेश उप-सचिव नवराज वली, सदस्य दामोदर खड्का, अनेरास्ववियु कर्णाली प्रदेश अध्यक्ष राजेश वली, उपाध्यक्ष विवश भारती, अनेरास्ववियु जिल्ला कमिटी सल्यानका अध्यक्ष बिशाल पुन, सचिव शिव देवकोटा, उप-सचिव यज्ञ खरेल लगाएतकाे उपस्तिथि रहेकाे थियाे ।

जिल्ला संयाेजक प्रबिन घर्ती मगरको अध्यक्षतामा सुरु भएकाे कार्यक्रममा युवा संघ शारदा नगर कमिटी अध्यक्ष ललित चलाउनेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण दिलिप रावतले गरेेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस