२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

अखिल क्रान्तिकारी बागचाैरकाे अध्यक्षमा दिपशन डिसी, जिल्ला सम्मेलन भाद्र २२ गते

सल्यान ।
नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन सल्यानले जिल्ला सम्मेलनकाे तयारी स्वरूप यतिबेला सल्यानका विभिन्न पालिकाको भेला तथा सम्मेलन सम्पन्न गरेकाे छ ।

बुधबार मात्रै बागचौर नगरकमिटीकाे चौथो नगर सम्मेलन जनकल्याण क्याम्पस थारमारेमा सम्पन्न गरेको हाे । सम्मेलनले दिपशन डिसीको अध्यक्षतामा २५ सदस्यीय बागचौर नगर समिति निर्वाचित गरेका छ । समितिको उपाध्यक्षमा यमुना डिसी र मिसन बस्नेत, सचिवमा मनिसा बस्नेत, सहसचिवमा विनिता खड्का, भोला सुनार, रिता डाँगी र मोहन विक अनि कोषाध्यक्षमा सविता वली निर्वाचित भएका छन ।

सम्मेलनमा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेकाे थियाे । यस्तै विशिष्ट अतिथीमा संगठनका केन्द्रिय सचिव राजेन्द्र भण्डारीको विशिष्ट आतिथ्यता रहेकाे थियाे भने अतिथीहरुमा माओवादी नेताहरु कृति बहादुर पुन, तिलक मल्ल, हरिलाल डिसि, शोभाराम भण्डारी लगायत पार्टी तथा विद्यार्थी नेताहरुको आतिथ्यता रहेको विद्यार्थी नेता तथा थारमारे क्याम्पसका स्ववियु सभापती सर्गम वलीले जानकारी दिएका छन ।

जिल्ला सम्मेलन भाद्र २२ गते शनिबार जनकल्याण क्याम्पस थारमारेमा नै हुने उनले बताए । असोज ५ र ६ गते राष्ट्रिय सम्मेलन गर्ने अखिल क्रान्तिकारीले भाद्र २५ गते गतेभित्र प्रदेशको गरिसक्नु पर्ने भएकाले भाद्र २२ गते सल्यानको थारमारेमा १९ औं जिल्ला सम्मेलन गर्ने अखिल क्रान्तिकारी सल्यान जिल्ला संयोजन रमेश बुढाथोकीले बताए ।

प्रकाशित मिति : २०८१ भाद्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस