२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

कर्णाली राजमार्ग तत्काल सुचारु र दीर्घकालिन समाधान गर्न एमाले कर्णाली प्रदेशकाे माग

सल्यान ।

अबरुद्ध कर्णाली राजमार्ग तत्काल सुचारु गर्न नेकपा एमाले कर्णाली प्रदेश कमिटीले माग गरेकाे छ ।

एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले विज्ञप्ती जारी गर्दै कर्णाली राजमार्ग अवरुद्ध हुँदा यातायातको आवागमन सेवा नपाएर आफ्‌नो गन्तव्यतर्फ जानबाट बन्चित भई अलपत्र परेका बालबालिका, वृद्धवृद्धा, विरामी, अशक्त नागरिकहरु र उनीहरुको दैनिक जनजीवनमा प्रत्यक्ष असर परेकाे बताएका छन् ।

‘नागरिकको आवागमन र ढुवानीका साधनहरु तत्काल सुचारु गर्न र समस्याको दीर्घकालिन समाधानका लागि बाटोको स्तरोन्नती गर्न स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार र सरोकारवालाहरुसंग जोडदार माग गर्दछौं’, विज्ञप्तीमा भनिएकाे छ ।

दैलेख कालिकोटको सिमाना दही खोला, एसमोड र गगने खोलामा आएको पहिरोको कारण ५ दिनदेखि यातायातका साधनहरु र मानिसहरुको हिडडुल समेत बन्द भएको, विरामीहरु र यात्रुहरु अपपत्र परेको, कृषि उपजहरु लगायत अतिआवश्यक सामग्रीहरुको ढुवानीमा प्रत्यक्ष बाधा नेकपा एमाले कर्णाली प्रदेशकाे विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ भाद्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस