माैलिक सांस्कृतिककाे राैनक हराउँदै

माैलिक सांस्कृतिक लाेप हुँदै
लेकालि अनलाइन / सल्यान ।
पाैरानिक सांस्कृतिककाे रुपमा रहेकाे लाखे नाच पछिल्लाे समयमा लाेप हुँदै गएको देखिन्छ ।
विगतका बर्षहरूलाइ नियालेर हेर्दा ऐतिहासिक परापुर्व कालदेखि चलिरहेको पुरानो संस्कृतिले निकै उच्च स्थान राख्न सफल भएको थियाे । तर बर्तमान परिवेशलाई हेर्दा अत्यन्तै न्यून अबस्थामा झरेको पाईन्छ । पुराना पुस्ताले नयाँ युवा पुस्तामा उक्त संस्कृति लाई हस्तान्तरण गर्ने सकेको पनि छैन र पछिल्लो पुस्ताले यस्ता महत्त्वपूर्ण चिज प्रति वास्ता नगरेको पनि देखिन्छ ।
गाउँ घरका युवा जनशक्ति तिब्र गतिमा बैदेशिक पलायन हुनु र केही मान्छे गाउँ छाेडेर बजारलाइ मुख्य आकर्षक बनाउनु जस्ता यावत समस्याले गर्दा पनि पाैरानिक सांस्कृतिकहरु लाेप हुँदै गएकाे देखिन्छ ।
सल्यानका विभिन्न बजारक्षेत्र अथवा मानिसकाे जनघनत्व भएकाे ठाउँहरुमा लाखे नाचकाे प्रचलन छ । तर पछिल्ला वर्षमा यसकाे मतत्व भने घटेकाे देखिन्छ । पहिलेजस्ताे लाखे नाचमा माैलिकता दअहिले देखिदैन् । लाखे नाचलाइ छाडा र उछिङ्गल ढंगल नाच्दा यसकाे महत्व पनि घट्दै गएकाे सल्यान छत्रेश्वरी गाउँपालिका ५ लेखपाेखराका लिलाधर वली बताउछन् ।
यसका अलवा मानिहरूले माैलिक नाचगानहरुलाइ छाेडेर नयाँ प्रविधिमा नाचगान गर्दा पनि यसकाे महत्व घटेकाे उनकाे तर्क छ । गाउँ बाट मानिसको संख्या बाहिर जानु र बुढापाकाले यसलाइ माैलिकता जाेगाइ राख्न पनि समस्या हुनेगरेकाे उनकाे बुझाइ छ ।