२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

सल्यान कपुरकोट-फालावाङ सडक भासिदा पुर्णरुपमा अवरुद्ध, ७ वटा घर जोखिममा

अविरल बर्षाका कारण सल्यानको कपुरकाेट गाउँपालिका स्थित ु कपुरकोट- फालावाङ सडकखण्डको किमुचौरमा सडक भासिदा पुर्णरुपमा अवरुद्ध भएको छ।

कपुरकोट गाउँपालिका वडा नम्बर ४ किमुचौर स्थित नेपाल राष्ट्रिय मावि किमुचौरको फिल्ड माथीबाट पहिरो गएका कारण सडक भासिएर पुर्ण रुपमा अवरुद्ध भएको र स्थानीय ७ घर जोखिममा रहेको वडा अध्यक्ष मित्र कठायतले बताए।

पहिरोले स्थानीय कृष्ण बहादुर चन्दको घर उच्च जोखिममा रहेको छ भने अन्य स्थानियहरु सिताराम बिक, शोमराज थापा, ओम बहादुर थापा, भिम बहादुर बिक, तुलसींह थापा र पुर्ण बहादुर थापाको घर पनि जोखिममा परेका छन। घरबाट महत्वपुर्ण सामाग्री निकालेर सुरक्षित स्थानमा बस्नका लागि जोखिममा रहेका घरपरिवारलाइ सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष कठायतले जनाए

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस