२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते

सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दाङको तुलसीपुरदेखि सल्यानको त्रिवेणी गाउँपालिका-५ सिम्ख आउँदै गरेको लु १ ज १३९४ नम्बरको बोलेरो जीप त्रिवेणी गाउँपालिका-५ बाहुनेमुलमा शुक्रबार बेलुकी दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीका अनुसार दुर्घटनामा परी घाइते हुनेमा त्रिबेणी गाउँपालिका-६ पोखरीकी ३३ वर्षीया लालमती बुढाथोकी, सिम्खकी २७ वर्षीया पूर्णिमा पुन, वडा नं. ११ का गणेश पुन, तुलसीपुर उपमहानगरपालिका-३ की २८ वर्षीया तेजकुमारी ओली र रुकुम पुर्व सिस्ने गाउँपालिका-३ का ६९ वर्षीय कर्मी कामी रहेका छन् ।
दुर्घटनामा घाइते भएका सबैको लुहामस्थित स्वास्थ्य संस्थामा उपचार भैरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी गराए । उनका अनुसार बोलेरो जीप अनियन्त्रित भएर सडकदेखि ५ मिटर तल खसेको थियो । जीप चालक २१ वर्षीय यादव विक फरार रहेका छन् ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस