सोलुखुम्बुमा अत्याधिक बाढी , दुधकोशी र भोटेखोलाका तटीय क्षेत्र उच्च जोखिममा
काठमाडौँ —सोलुखुम्बुमा भीषण बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेका तीनवटा घर बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । अरु ५ वटा घर पनि जोखिममा रहेको उनले बताए । एउटा होटल पनि बगाएको छ ।
थामेका तीन घर बगायो, पाछघर उच्च जोखिममा, नाम्चे भन्दा तलको बस्ती पनि जोखिममा
नाम्चे बजारबाट केही तलका अर्को घर पनि बगाएको छ । बाढीबाट मानवीय हताहत भए/नभएको बुझ्न र खोज तथा उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको उनले बताए ।
डीएसपी घिमिरेले बाढी दुधकोशीको सहायक नदी ‘भोटेकोशी’मा आएको र यो दुधकोशीमा मिसिएर बग्ने भएकोले तल्लो तटीय क्षेत्रका किनारा जोखिममा रहेको बताए । त्यसको जोखिमबाट बच्न दुधकोशीको तल्लो तटीय क्षेत्रका मानिसलाई सुरक्षित ठाउमा जान आग्रह गरिएको बताए ।
माथिबाट आएको बाढीको असर दुधकोशी नदीसँग जोडिएका खुम्बुपासाङ गाउपालिका, माप्यदुधकोशी र थुलुङ दुधकोशी गाउँपालिकाका नदी तटीय क्षेत्र उच्च जोखिममा परेका छन् । दुधकोशी नदी तीनवटा पालिका पछि खोटाङ र खोखलढुंगाका वारिपारिका तटीय बस्ती पनि उ जोखिममा परेका छन् । दुधकोशी खोटाङ र उदयपुर हुँदै सप्तकोशीमा मिसिन्छ