नेपाल कमर्सियल आर्टिष्ट संघ सल्यानको अध्यक्षमा टोपेन्द्र डाँगी
साउन ३२, सल्यान ।
नेपाल कमर्सियल आर्टिष्ट संघ जिल्ला समिति सल्यानको अध्यक्षमा टोपेन्द्र डाँगी चयन भएका छन् ।
शुभकामना श्रीनगरमा भएको प्रथम भेलाबाट डाँगीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कमिटी चयन गरिएको छ ।
उपाध्यक्षमा हरि केेसी, सचिवमा हेमराज विक, सहसचिवमा राम बहादुर बस्नेत, कोषाध्यक्षमा समीरनाथ विक, सदस्यहरुमा दामोदर नेपाली, एकराज वली, हिमाल डिसी र प्रदिप परियार रहेका छन् ।
त्यस्तै सल्लाहकारमा खोपिराम सुनार, बलबहादुर गिरी, राजकुमार आचार्य रहेका छन् ।
भेलाको तदर्थ समिति गठन गर्न नेपाल कमर्सियल आर्टिष्ट संघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र सुवेदी, केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष सुभाष कुमार शाक्य, सचिव राजेन्द्र गुरुङ लगायतको टोली सल्यान आएका थिए ।
प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार